Section 9
दर्ता किताबबाट नाम हटाउने
समितिले दफा ७ बमोजिमका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको नाम दर्ता किताबबाट हटाउनेछः–
(क) प्रचलित कानून बमोजिम निजले स्वास्थ्य सेवाको काम गर्न नपाउने भएको
जानकारी समितिलाई प्राप्त भएमा,
(ख) निजले दफा ८ को उपदफा (२) बमोजिमको दस्तुर नबुझाएमा,
(ग) निजले आफ्नो नाम दर्ता किताबबाट हटाई पाउन समिति समक्ष निवेदन दिएमा,
(घ) स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थाको दर्ता प्रचलित कानून बमोजिम रद्द भएमा ।